नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल पक्षका नेता बिकेर आन्दोलनलाई सिध्याउन उद्यत रहेको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित बुद्धिबहादुर रायमाझीको १६ वर्षे जेल जीवनको पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै ओलीले आन्दोलनलाई ध्वस्त पारिदिन्छु भन्ने अहंकारलाई सफल हुन नदिने बताए ।

‘आफ्नो दलको सरकार गिराएर, जुन दलसँग प्रतिस्पर्धा गरियो, प्रतिस्पर्धा गर्नुछ, उही दलको प्रधानमन्त्री बनाएर । अनुशासन तोडेर हिँडिरहेका छन् । जब नेता बिक्छन्, तब आन्दोलनलाई सिध्याउन उद्यत हुन्छन्,’ उनले भने, ‘प्रतिक्रियावादीका पाउँमा आन्दोलनलाई चढाउँदैछन् । नेपालभरि फिजिएको उज्यालो निभाउने देशीविदेशी जनविरोध प्रतिक्रियावादी शक्ति जुन छन्, तिनीहरूको मतियार भएर निर्लज्जतापूर्वक अहिले पनि आन्दोलनविरुद्ध लाग्ने तत्व देखिएका छन् ।’

नेता नेपाल पक्षका सांसदले विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेकोतर्फ लक्षित गर्दै अध्यक्ष ओलीले आक्रामक अभिव्यक्ति दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah