काठमाण्डाै – मौसम अनुकूल भएसँगै अहिले सगरमाथा आरोहण भइरहेको छ । गएको वैशाख २४ गते शिखरसम्मको बाटो बनाएपछि यस वर्षको वसन्त ऋतुको आरोहण सुरु भएको हो।

वैशाख २८ र २९ गते गरी झण्डै एक सय ७० जना आरोही सगरमाथा शिखरमा पुगेका थिए । त्यसपछि मौसम खराबीले रोकिएको आरोहण आजबाट फेरि सुरु भएको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले सगरमाथा आधार शिविरबाट जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ‘अहिलेसम्म ३० जनाभन्दा धेरै आरोही शिखरमा पुगेको खबर प्राप्त भएको छ, अहिले आरोहण चलिरहेको छ, दिउँसोसम्म आरोहीहरु शिखरमा पुग्नुहुन्छ ।’ आज दुई सयभन्दा धेरै आरोहीहरु शिखरमा पुग्ने योजनासहित चौथो शिविरबाट माथि गएका निर्देशक आचार्यले बताउनुभयो ।

आरोहण सुरु भएपछि ताउ–ते आँधीका कारण मौसम प्रतिकूल बन्दा एक हप्ताभन्दा धेरै समय आरोहण रोकिएको हो । अब झण्डै एक हप्ता मात्रै सगरमाथा आरोहणका लागि मौसम अनुकूल हुने भएकाले मौसम खुल्नासाथ आरोहीहरु शिखरतर्फ गएका हुन् । यो वर्ष सगरमाथा आरोहणका लागि चार सय आठ जनाले अनुमति लिएका छन् ।

अनुमति लिएकै सङ्ख्याभन्दा केही बढी उनीहरुका सहयोगी समेत हुने भएकाले यो वर्ष सगरमाथा आरोहणका लागि साढे आठ सयभन्दा धेरैको तयारी छ ।

तस्बिर :इम्याजिन नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah