झापा । झापा अर्जुनधारा नगरपालिका ११ रेखा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ३८ वर्षीय धनेन्द्र तामाङ रहेका छन् । आइतबार बेलुका साढे ४ बजे साथीहरूसँग माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका तामाङको उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पुर्याउनासाथ मृत्यु भएको हो । घटनाको सूचना पाए लगतै इलाका प्रहरी कार्यालय बिर्तामोडबाट गएको प्रहरी टोलीले तामाङसँग रहेका साथीहरू सोही स्थानका ३८ वर्षीय दिलबहादुर खजुम लिम्बु र इलाम घर भई सोही स्थान बस्ने ३२ वर्षीय रमेश एक्तेन लिम्बुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
माछा मार्दा झापामा एकको मृत्यु, दुई जना प्रहरी नियन्त्रणमा
सवाल नेपाल संवाददातासोमबार, १० जेठ २०७८

माछा मार्दा झापामा एकको मृत्यु, दुई जना प्रहरी नियन्त्रणमा
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



