काठमाडौं- नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले केपी ‌ओलीले सोधेको स्पष्टीकरणको औचित्य नरहेको बताएका छन्। सोमबार सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै उनले त्यसको जवाफ नदिने बताए।

‘अवैध अध्यक्षले सोधेको कुनै पनि स्पष्टीकरण वैध हुनसक्दैन। हामी उहाँले सोधेको स्पष्टीकरणलाई पूर्णरुपमा अस्वीकार गर्छौं। उहाँको स्पष्टीकरणको जवाफ दिनुपर्ने औचित्य छैन। त्यसरी सोध्ने अधिकार पनि छैन। स्पष्टीकरणमा उहाँले सोधेका कुराहरु निराधार र औचित्यहीन छ,’ उनले भने।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेकपा एमालेको जेठ ८ गतेको स्थायी कमिटी बैठकको निर्णयअनुसार माधवकुमार नेपाल पक्षका ११ जना सांसदलाई स्पष्टीकरण सोधिएको थियो। नेपालसहित झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, पुष्पाकुमारी कर्ण कायस्थ, सरलाकुमारी यादव, लक्ष्मीकुमारी चौधरी, कालिला खान र नीरादेवी जैरुलाई स्पष्टीकरण सोधिएको हो। उनीहरुलाई सोमबार बिहानसम्मको समय दिइएको थियो।