काठमाडौं, ११ जेठ । गायक रामकृष्ण ढकालले अक्सिजन सिलिण्डर खरिदका लागि अमेरिकामा जुटाएको १८ लाख रुपैंयाँ नेपाल पठाएका छन् । कोरोना संक्रमित नेपालीको उपचारमा सहयोग पुर्‍याउन अमेरिकामा १८ लाख सहयोग जुटाएका हुन् । हाल अमेरिकामा रहेका उनले त्यहाँ रहेका नेपाली तथा नेपाली भाषी भुटानीसँग अपिल गरेर १८ लाख रुपैयाँ सहयोग जुटाएका हुन् ।

सांगीतिक कार्यक्रमका लागि अमेरिका पुगेका ढकाल अहिले उतै छन् । ‘हामी सबै नेपालीको जन्मभूमि नेपालमा कोरोना महामारीको मच्चिँदा अक्सिजन सिलिण्डरको अभावमा हजारौंको ज्यान गइरहेको तीतो यथार्थ हामी सबैको सामु छर्लङ्गै छ । नेपालमा यस्तो विषम परिस्थिति हुँदा म भने सांगीतिक कार्यक्रमको क्रममा अमेरिकामा आएको बेला यतै रोकिएको छु ।’

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘म विनम्रतापूर्वक राख्न चाहन्छु कि एक नेपाली संगीत साधकका रूपमा आज मेरो जुन परिचय बनेको छ । त्यो सबै नेपाली दाजु–भाइ तथा दिदी–बहिनीको स्नेह, साथ र सद्भावकै कारण बनेको हो । उहाँहरू नेपालमा कोरोनासँग जीवन–मरणको युद्ध लडिरहेका बेला अमेरिकामा रहेकै बेला पनि केही सहयोग पुर्‍याउन सकिन्छ कि भन्ने पवित्र भावनाले मैले केही दिनअघि अमेरिकामा रहेका मेरा स्रोता–दर्शकमाझ सहयोगको आह्वान गरेको थिएँ ।’

आफूले गरेको आह्वानमा अमेरिकामा रहेका नेपाली तथा भुटानी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले खुला हृदयले सहयोग गरेको उनले बताएका छन् । ‘जम्मा भएको करिब १८ लाख रुपैयाँ महावीर पुनको राष्ट्रिय अविष्कार केन्द्रको नाममा रहेको हिमालय बैंकको खातामा जम्मा गरिएको छ ।’ अझै पनि केही सहयोग रकम प्रदान गर्ने धेरैले बताइरहेकाले त्यो रकम प्राप्त भएमा नेपालको सामाजिक सेवामा उल्लेखनीय योगदान पुर्‍याइरहेका अन्य व्यक्तित्वहरूबाट स्थापित संस्थाहरूमार्फत् सहयोग गर्ने गायक ढकालले बताएका छन् ।

https://www.facebook.com/RamKrishnaDhakalOfficial/posts/329869181830823

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah