काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रवारदेखि निषेधाज्ञामा थप कडाइ गर्ने भएको छ ।

उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको कडाइका साथ पूर्ण पालना गर्न सबैलाई अपिल गरेको छ ।

शुक्रवारदेखि किराना,खाद्यान्न पसल र डिपार्टमेण्टल स्टोरसमेत बन्द गर्ने गरी उपत्यकामा निषेधाज्ञा एक साताका लागि थप गरिएको हो । दूध र तरकारीलगायतका पसल भने बिहान ९ बजेसम्म खोल्न पाइनेछ । तर प्रशासनले अत्यावश्यक खाद्यान्न पसलचाहि १ हप्ता खोल्नै नपाउने निर्णय गरेको छ।

निषेधाज्ञाको समयमा पनि दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति व्यवस्था मिलाइएकाले घरमै बसेर निषेधाज्ञाको पूर्ण पालना गर्न प्रशासनले सबैलाई अपिल गरेको छ ।

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड मार्फत अनलाइनबाट घरमै बसेर खाद्य सामाग्री मगाउन सकिने व्यवस्था गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो ।

आवश्यक खाद्यान्न खरिदका लागि प्रशासनले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्द ९८५१३२०३१४, विभागीय प्रमुख भीम बहादुर थापा ९८५११३६७८५ र प्रादेशिक प्रमुख ज्ञानु थापा ९८५११२१७८८ लाई सम्पर्क गर्न भनेको छ।

त्यसैगरी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका उर्मिला श्रेष्ठ ९८५१०२२५६४, कुमार राजभण्डारी ९८५१०३३३०३, सवल रिजाल ९८५१११३६६० र प्रज्वल प्रधान ९८४१३३२९९० मा सिधै फोन गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

तर आमउपभोक्ताले भने स्वास्थ्य मापदण्ड अपनाएर दैनिक अत्यावश्यक खाद्यान्न पसल निश्चित समयसम्म खोल्न दिनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah