झापा । हतियारधारी युवकहरूको एक समूहले सुनसरीको एक प्रहरी चौकीमाथि आक्रमण गरेको छ। बिहीबार साँझ धरान–१५ बसपार्कस्थित अस्थायी एक प्रहरी चौकीमा आक्रमण भएको हो।

घरेलु हतियारसहित पाँच-सात जनाको समूहले आक्रमण गर्दा चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक सुमन दाहाल घाइते भएका हुन्। उनको बाँया नावीमा काटिएको सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए।

थापाकाअनुसार स्थानीय युवाहरुको दुई समूह उजुरी दिन प्रहरी चौकीमा आएको थियो। ‘एक समूह उजुरी दिन चौकीमा आउँदै गरेको बेला अर्को समूहले पछाडिबाट लखेटेको भन्ने बुझिएको छ’ थापाले भने,‘उजुरी गर्न आएको समूहमाथि अर्को समूहले आक्रमण गर्दा प्रहरीले जोगाउन खोजेपछि उल्टै प्रहरीमाथि आक्रमण गरेको खुलेको छ।’

थापाले आक्रमण गर्ने समूहको पहिचान भइसकेको र खोजीकार्य जारी रहेको बताए। घटनाको कारण नखुले पनि दुई समूहबीच लागूऔषधका विषयमा पहिलेदेखि नै बिवाद रहेको सुन्नमा आएको थापाले जानकारी दिए। टाइम्स अफ प्रदेश बाट 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah