दमक- प्रधानमन्त्री केपी शर्मा ओलीले दमक बहुमुखी क्याम्पस भवनको शिलान्यास गर्दै हुनुहुन्छ ।

क्याम्पस प्रमुख नेत्र बुढाथोकीका अनुसार दिउसो ११ बजे भर्चुअल माध्यमबाट व्याशायीक प्रयोजन सहितका चार वटा व्लकहरु शिलान्यास गर्न लाग्नुभएको हो । सबै ब्लकहरु भूकम्प प्रतिरोधी बन्नेछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हरेक भवन अण्डर ग्राउण्ड पार्किङ सहित पाँच तलाका हुनेछन् ।

जसमा एकतला सटर र एउटा भवनमा छ वटा कक्षा कोठा हुनेछन् । ‘जम्मा २४ वटा कक्षा कोठा र १४ वटा सटर सहितका भवन बन्नेछन्’ बुढाथोकीले भन्नुभयो ‘भवनको कुल लागत करिब १० करोड रुपैंया छ ।’ भवन बनाउने बजेट संघीय सरकारले विनियोजन गरेको र दमक नगरपालिका मार्फत निर्माण हुन लागेको हो । दमक प्रधानमन्त्री ओलीको गृह नगर हो ।