भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोनाका केसहरू लगातार घटिरहेको बताएका छन् । दुई करोड जनताको मेहनतले यो सम्भव भएको उनको भनाइ छ ।

उनले भने, ‘एक महिनाभित्र कोरोनाको दोस्रो लहरलाई दिल्लीका मानिसहरूले नियन्त्रणमा लिएका छन् । विगत २४ घन्टामा कोरोनाको संक्रमण दर १.५ प्रतिशत रह्यो । अस्पतालमा अब बेडको कमी छैन । सबै किसिमका बेड उपलब्ध छन् ।’

उनले थपे, ‘अब लकडाउन खुलाउने बेला आएको छ । हामी कोरोनालाई नियन्त्रण पनि गर्छौं अनि आर्थिक गतिविधि पनि शुरू गर्छौं । सोमवार बिहान ५ बजेसम्म मात्र लकडाउन रहनेछ । बडो मुश्किलले कोरोना नियन्त्रणमा आएको छ । हामी बिस्तारै लकडाउन खोल्नेछौं ।’

‘हामी दैनिक ज्यालादारी मजदूरलाई प्राथमिकता दिनेछौं । निर्माण र कारखानाको काम सोमवार बिहानबाट खोलिनेछ । एक हप्ताका लागि यो खोलिएको हो । विशेषज्ञहरूसँग सल्लाह लिएर बिस्तारै अन्य कुरा पनि खोल्दै जानेछौं । सबैजना सतर्क हुन जरूरी छ । केस फेरि बढेछ भने पुनः लकडाउन लगाउनुको विकल्प रहने छैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah