दमक/ प्रधानमन्त्री केपी शर्मा ओलीले दमक क्याम्पसको नयाँ भवनको शिलन्यास भर्खरै गरेकाछन् । दमक क्याम्पसको संयोजनमा भर्चुअलको माध्यमबाट उनले केहिबेर अघि भवनको शिलन्यास गरेकाहुन् । व्याशायीक प्रयोजन सहितका चार वटा व्लकहरु उनले शिलान्यास गरेकाहुन् ।

हरेक भवन अण्डर ग्राउण्ड पार्किङ सहित पाँच तलाका हुनेछन् । जसमा एकतला सटर र एउटा भवनमा छ वटा कक्षा कोठा हुनेछन् । २४ वटा कक्षा कोठा र १४ वटा सटर सहितका भवन बन्ने जनाईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिब ईन्द्र भण्डारीका अनुसार दमकका अन्य शैक्षिक संस्थाहरु सहित दमक क्याम्पसलाई भौतिक पुर्वधारका लागि चालु आर्थिक बर्षमा उल्लेख्य बजेट विनियोजन भएको हो ।

नगरपालिकाका प्रमुख रोमनाथ ओलीका अध्यक्षतामा कार्यक्रम भएको हो । ओलीले शिलन्यास भएको बताएपछि नगर प्रमुख ओलीले उक्त स्थलमा प्रत्यक्ष शिलन्यास गरेका थिए ।