सरकारले गत बैशाखसम्ममा कोरोना महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका ४ लाख २५ हजार ६ सय ७२ नेपाली नागरिकको उद्धार गरेको छ ।
शुक्रवार सार्वजनिक आर्थिक सर्वेक्षणले गत बैशाख ६ गतेसम्ममा सो संख्यामा नेपाली नागरिकको उद्धार गरिएको देखाएको हो ।
जसमध्ये सबैभन्दा धेरै यूएईबाट १ लाख ३१ हजार ४ सय ५८, कतारबाट ९८ हजार ८ सय ५७, मलेशियाबाट ४५ हजार ५ सय १०, साउदी अरेबियाबाट ३९ हजार ९ सय ३९ र कुवेतबाट २२ जहार ३ सय ५ नागरिकको उद्धार भएको छ ।



