दमक/ झापाको दमकमा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक दमक ५ का ७५ बर्षिय पुरुष हुन । उनको आज बिहान २ बजे दमक २ स्थित कोभिड उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाले पुष्टि गरेको छ । ति पुरुषको गत जेठ ५ गते गरेको परिक्षणमा कोरोना रिपोर्ट पोजिटिभ आएको थियो । पोजिटिभ रिपोर्ट आएको ५ दिन पछि अर्थात १० जेठमा उनलाई उपचारका लागि दमक अस्पताल अन्तर्गतको कोभिड उपचार केन्द्रमा भर्ना गरिएको थियो । यससंगै दमकमा नयाँ भेरियन्टसहितको संक्रमणका कारण २५ चैत यता मृत्यु हुनेको संख्या १७ पुगेको जनाइएको छ । निष्कर्ष न्युज बाट
दमकका थप एक संक्रमितको मृत्यु , मृतकको संख्या १७ पुग्यो
सवाल नेपालसंवाददाताशनिबार, १५ जेठ २०७८

दमकका थप एक संक्रमितको मृत्यु , मृतकको संख्या १७ पुग्यो
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



