गुल्मी – पहिरोका कारण गुल्मीको रिडी-रुद्रवेणी सडक बन्द भएको छ । रुरुक्षेत्र गाउँपालिका-१ पुलक्याम्प र २ को साँघुरेमा माथिबाट खसेको पहिरोले बिहानदेखि रिडी-रुद्रवेणी सडक बन्द भएको हो ।
हिजो पनि पहिरो बन्द भएको सडक खुलाएको चार घण्टापछि नै चट्टानसहितको पहिरो खसेपछि सडक पुन बन्द भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । पहिरो पन्छाउन केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिनुभयो ।
अत्यावश्यक सेवाका गाडी बीचबाटोमै अलपत्र परेका स्थानीय अशोक श्रेष्ठले बताउनुभएको छ ।



