काठमाडौं, १५ जेठ । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्वल थापाको औषधि उपचारको सम्पूर्ण खर्च व्यहोर्ने बि एण्ड सी मेडिकल कलेज झापाका कार्यकारी निर्देशक दुर्गा प्रसाईले घोषणा गरेका छन् ।

शनिवार एक विज्ञप्ति जारी गर्दै प्रसाईले ललितपुरको मेडिसिटी अस्पतालमा कोरोना संक्रमणबाट गम्भीर बिरामी भई उपचार गराइरहेका थापाको उपचार गर्ने जनाएका हुन् । थापाको उपचारका लागि पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलगायतले आर्थिक सहयोग आह्वान गरेको थाहा पाएको बताउँदै अस्पतालको सामाजिक उत्तरदायित्व अन्तर्गत उपचार गरिने उनले बताएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘नेपालको गणतन्त्र स्थापनामा लाग्नु भएका एक असल सामाजिक अभियन्ता तथा साझा विवेकशील पार्टीका पूर्व अध्यक्ष उज्वल थापा हाल अस्वस्थ भई मेडिसिटी अस्पताल काठमाडौंमा उपचाररत रहनुभएको र उहाँको उपचारमा सहयोग संकलनको लागि आह्वान भएको समाचार विभिन्न सञ्चारमाध्यममार्फत विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आर्थिक सहयोगको लागि आह्वान गर्नुभएको जानकारी हुन आएको र बि एन्ड सी मेडिकल कलेज टिचिङ अस्पतालको सामाजिक उत्तरदायित्व र मूल्य मान्यता स्वास्थ्य उपचार खर्चको अभावमा कुनै पनि नेपाली नागरिकले अकालमा मर्नु नपरोस् भन्ने रहेकाले उपचारको क्रममा मेडिसिटी अस्पतालमा लागेको उहाँको सम्पूर्ण खर्च बि एन्डी सी मेडिकल कलेज टिचिङ अस्पताल विर्तामोड झापाका कार्यकारी निर्देशक दुर्गा प्रसाद प्रसाईँले प्रदान गर्ने व्यहोरो अनुरोध गर्दै उहाँको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु’, प्रसाईंले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।