विष्णुप्रसाद पोखरेल

दमक । झापाको कमल गाँउपालिका वडा नं. ५ मा सुविधा सम्पन्न अन्तराष्ट्रिय स्तरको चिल्ड्रेन प्याराडाइज बन्ने भएको छ । यद्यपी अर्थमन्त्री विष्णु पौड्यालले गरेको बजेट भाषणमा दमक उल्लेख रहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कमल गाँउपालिका वडा नं. ५ मा यसभन्दा अघि मदन भण्डारी रंगशाला बनाउने भनिएको आदिबासी रंगशालाको जमिनमा चिल्ड्रेन प्याराडाइज बनाउने शुक्रबार भर्चुअल रुपमा भएको एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका थिए । उनले यसमा विरोध र ब्यवधान नहुनेमा आशाबादी रहेको बताउदै यो अन्तराष्ट्रिय स्तरको प्याराडाइज बन्ने बताएकाहुन् ।यसभन्दा अघि मदन भण्डारी अन्तराष्ट्रिय रंगशाला बनाउन पहल गरिएता पनि नामको बिषयमा विवाद हुँदा रंगशाला बन्न नसकेको स्थानमा प्याराडाइज बनाउने उनको भनाई थियो ।

मदन भण्डारी रंगशाला दमक ३ स्थित हम्सेदुम्से वन क्षेको जमिनमा बन्ने भएपछि यहाँको खालि जमिनमा ओलीले वालबालिका लक्षित सुविधा सम्पन्न प्याराडाइज बनाउने प्रस्ताव सहितको बजेट आएको बताईन्छ । सशस्त्र प्रहरीको गण नजिक रहेको करिब ३५ विगाह जमिन रहेको छ । यसमा विरोध नआउला भन्ने लाग्छ, फेरी विवाद आयो भने त यो पनि बन्दैन, उनले भनेका थिए ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी, दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिना लगायतका दमकका शैक्षिक अगुवा एवं पत्रकारहरु जोडिएको भर्चुअल सम्बोधनमा ओलीले यस बिषयमा बोलेका थिए ।