सरकारले सुकेटार विमानस्थलाई पूर्वपर्यटनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीको नामबाट नामाकरण गर्ने भएको छ।

आगामी वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त विमानस्थलको नामाकरण रवीन्द्र अधिकारीको नामबाट गर्ने बताएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्ते ताप्लेजुङको चुहान डाँडामा निर्माण हुने विमानस्थलको नामाकरण स्वर्गीय आङछिरिङ शेर्पाको नामबाट राखिने भएको छ।

अधिकारी र शेर्पाको २०७५ सालमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो।

चुहानडाँडा विमानस्थल निर्माणको सम्भाव्यता अवलोकनका लागि गएको बेला हेलिकप्टर दुर्घटना भएको थियो।