चीनले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप मंगलबार (भोलि) नेपाल आइपुग्दै छ । त्यसका लागि आज राति नेपाल वायु सेवा निगमको वाइडबडी जहाज चीन जाँदै छ ।

चीनले १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको थियो । उक्त खोप नेपाल आइपुगेपछि ६० देखि ६५ वर्ष उमेर समूहका व्यक्तिलाई दिइने भएको छ । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलले चीनबाट आउने थप १० लाख भेरोसेल खोप ६० देखि ६५ वर्ष उमेर समूहलाई दिइने बताए ।

अहिले जोखिम वर्गमा उनीहरू नै रहेको भन्दै पहिलो प्राथमिकतामा उनीहरू नै पर्ने बताए । ‘भोलि चीनबाट कति डोज खोप आउँछ । त्यही आधारमा खोप कार्यक्रम बनाउँछौँ,’ डा. पोखरेलले भने ।

अझै ६० देखि ६५ वर्ष उमेर समूहमा करिब ७ लाख खोप लगाउन बाँकी रहेको उनको भनाइ छ । यसअघि चीनले ८ लाख डोज खोप उपलब्ध गराएको थियो ।

सात लाख ज्येष्ठ नागरिकलाई लगाउन मात्रै १४ लाख डोज आवश्यक पर्ने भन्दै खोपको उपलब्धताको आधारमा दिइने बताए ।

यसअघि भारतले उपलब्ध गराएको कोभिसिल्ड खोपको दोस्रो डोज साढे १३ लाख जनसंख्याले पाएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah