काठमाडौं, १९ जेठ । नेपालमा अहिले पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बंगाल तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसमविदले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश–१ लगायत देशका पहाडी भू–भागका केही स्थानमा र तराईका केही भू–भागमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रदेश–१ लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखी सामान्य बदली र बाँकी स्थानमा आंशिक बदली रहनेछ ।

आज राति प्रदेश–१ लगायत देशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानमा आंशिक बदली रहने विभागले जनाएको छ । प्रदेश–१ लगायत पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

दिन मौसम यस्तो रहने अनुमान

जेठ १९ गते

दिउँसो – प्रदेश–१ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी स्थानमा आंशिक बदली रहनेछ । प्रदेश–१ लगायत देशका पहाडी भूभागका थोरै स्थानमा र तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ ।

राति – प्रदेश–१ लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानमा आंशिक बदली रहनेछ । प्रदेश–१ लगायत पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

जेठ २० गते बिहीबार

दिउँसो –प्रदेश–१ र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानमा आंशिक बदली रहनेछ । प्रदेश–१ का लगायत अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राति – प्रदेश–१ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ का एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

जेठ २१ गते शुक्रबार

दिउँसो – पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानमा सामान्यतया मौसम सफा रहने छ । पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राति –पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश– १ का एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।