काठमाडौं, २२ जेठ । काठमाडौंमा बोरिङ गर्दा प्रज्वलनशील ग्याँस निस्किएको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित काँडाघारीमा पानी निकाल्न बोरिङ गर्दैगर्दा ग्याँसको गन्ध आएपछि लाइटर बाल्दा ग्याँस बलेको स्थानीयले बताएका छन् ।
काँडाघारीस्थित खहरेमा स्थानीय रमेश तिवारीको जग्गामा बन्दै गरेको टहरोसँगै बोरिङ गर्दा सो प्रज्वलनशील ग्याँस निस्किएको हो ।
स्थानीयले प्रहरीलाई खबर गरेका छन् । प्रहरीले सम्बन्धित विज्ञको विभागसँग समन्वय गरेर ग्याँसको पहिचान गर्नतर्फ लागेको छ ।



