काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सरकारी गठबन्धन स्वभाविक नभएको टिप्पणी गर्नुभएको छ ।
सामाजिक संजाल ट्वीटमार्फत नेता भट्टराईले अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रियतावादको कुरा गरेर मधेशी मतदाता ठग्नेबीच सालनाल कहाँ जोडिएको रहेछ भनेर प्रश्न गर्नुभएको छ ।
नेता भट्टराईले प्रश्न गर्नुभएको छ – ‘संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याक आउट गर्नेको घाँटी कसरी जोडियो ?’ प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जसपाको ठाकुर र महतो पक्षका आठ मन्त्री र दुई राज्यमन्त्रीलाई सहभागी गराई मन्त्रिपरिषद पुनर्गठन गरेपछि नेता भट्टराईको यस्तो धारणा आएको हो ।
https://twitter.com/brb1954/status/1400830410423107590?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1400830410423107590%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.janatasamachar.com%2F2021%2F06%2F258917









