हुन्डी कारोबारको आरोपमा गत जेठ १३ गते पर्साको वीरगन्जबाट पक्राउ परेकाहरू । तस्बिर सौजन्य : जिल्ला प्रहरी कार्यालय, पर्सा

पर्सा — पर्सा प्रहरीले वीरगन्ज ११ श्रीपुर बस्ने प्रकाश जयसवाललाई झोलामा बोकेको २४ लाख नगदसहित जेठ १३ गते पक्राउ गर्‍यो । जयसवालकै समूहका बारा प्रसौनी गाउँपालिका घर भई वीरगन्ज ८ मा शिवआनन्द गुप्ताको डेरामा छापा मार्दा २९ लाख ८० हजार रुपैयाँ बरामद भयो ।

आर्थिक अवस्था बलियो नभएका दुवैको आम्दानीको स्रोत पनि नदेखिएकाले प्रहरीले उनीहरू हुन्डी कारोबारमा संलग्न रहेको ठहर गर्‍यो ।

निषेधाज्ञा र भारतमा समेत लकडाउन भएको बेला यसरी हुन्डीको ठूलो रकम बरामद हुनुले कारोबारीहरू निषेधाज्ञामा पनि सक्रिय रहेको खुलेको छ । चालु आर्थिक वर्षमा यी दुईसमेत गरी २६ जनालाई प्रहरीले हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ गरिसकेको छ । बर्सेनि यसरी ठूलो संख्यामा हुन्डी कारोबारी पक्राउ परी रहे पनि उनीहरू भने हतोत्साही हुँदैनन् ।

जिल्ला प्रहरी कार्यालयले गत आर्थिक वर्षमा हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा ३ दर्जनभन्दा बढी व्यक्ति पक्राउ गरेको थियो । पक्राउ पर्नेमा २० नेपाली र बाँकी भारतीय थिए । उनीहरूको साथबाट १ करोड ८१ लाख ६२ हजार ९५ रुपैयाँ बरामद भएको थियो । यसबाहेक गत आवको माघमा थप १ जना भारतीय नागरिक १२ लाख भारुसहित पक्राउ परेका थिए । उनीमाथि राजस्व अनुसन्धान कार्यालयमा मुद्दा चलाइएको थियो ।

हुन्डी कारोबारको आरोपमा पक्राउ पर्नेहरूलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ विपरीतको कसुरमा जिल्ला अदालतमा मुद्दा चलाइन्छ । यस्ता कारोबारीको साथबाट बरामद रकमको स्रोत खुल्न नसकेपछि प्रहरीले उनीहरूलाई वित्तीय कारोबार (हुन्डी) शीर्षकमा मुद्दा दर्ता गराई कारबाही अघि बढाउने गर्छ । कारोबारीहरूले भारत पुगेको नेपाली रुपैयाँलाई विभिन्न माध्यमबाट नेपाल ल्याउने गरेका छन् । केहीले भारतीय रुपैयाँमै पनि हुन्डी कारोबार गर्छन् ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी ओमप्रकाश खनाल स्रोत नखुलेको, अस्वाभाविक रूपमा तथा धेरै रकम बोकेर हिँड्नेहरूलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको बताउँछन् । ‘कसैले भारतबाट यसरी बोकेर ल्याउने रकमको स्रोत खुलाउन सक्दैन भने पक्राउ पर्छ, त्यस्तो रकम पनि अवैध हुन्छ,’ उनले भने, ‘जसले स्रोत खुलाउन सक्छ उसको नगद फिर्ता पनि भएको छ । एक–अर्को मुलुकमा हुने वित्तीय कारोबार बैंकिङ च्यानलबाट हुनुपर्नेमा यसरी नगद बोकेर हिँड्नु अवैध हो ।’

पक्राउ पर्नेहरूमा बढीजसो भरिया र केही मात्र मुख्य कारोबारी रहेको उनले बताए । ‘वैध च्यानलबाट रकम पठाउन नसक्नेहरू, मनी लाउन्डरिङ कारोबारीहरूले हुन्डीमार्फत रकम पठाउन रुचाउँछन्,’ उनले भने, ‘सुनका अवैध कारोबारीले पनि यही माध्यम प्रयोग गर्छन्, उनीहरूलाई यो माध्यम सस्तो र सहज लागेको हुनुपर्छ ।’ पर्सा प्रहरीले धमाधम यस्ता कारोबारी तथा ढुवानीकर्ता समात्न थालेपछि वीरगन्जका व्यापारीहरूले असन्तुष्टिसमेत व्यक्त गर्न थालेका छन् ।

निषेधाज्ञा सुरु हुनु अघि वीरगन्जमा आयोजित विभिन्न औपचारिक कार्यक्रमहरूमा वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व तथा वर्तमान पदाधिकारीहरूले नै सार्वजनिक रूपमा नगद लिएर नेपाल–भारत आउजाउ गर्नेहरू सबै हुन्डी कारोबारी हुन् भनी दाबी गर्न नमिल्ने बताएका थिए ।

सीमा क्षेत्रमा बस्ने कतिपय नेपालीले भारतमा र कतिपय भारतीयले नेपालमा व्यवसाय गरेकाले उनीहरूले दुवै मुलुकमा आफूलाई चाहिने रकम लिएर आवागमन गर्नु सामान्य रहेको उनीहरूको भनाइ थियो । कान्तिपुर बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah