काठमाडौं । सिरहामा औषधी व्यवसायीलाई अज्ञात समूहले गोली हानेर भागेको छ ।

मिर्चैया नगरपालिका–५ स्थित सिद्धि मेडिकल हलका संचालक रामसागर साफिमाथि गएराती अज्ञान समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी सालिकराम शर्मा पौडेलले रातोपाटीलाई बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

४० वर्षीय साफीको हात र तिघ्रामा गोली लागेको छ । रामसागरको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।