दमक/झापाको दमकमा उपचाररत इलामकी एक जना कोरोना संक्रमित महिलाको आज बिहान मृत्यु भएको छ । दमकस्थित एडभान्स अस्पतालमा उपचाररत इलामको रोङ गाउँपालिकाकी ५२ बर्षिया एक महिलाको आज बिहान करिब ४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । ति महिलालाई करिब १० दिन अघि उपचारका लागि अस्पताल ल्याइएको थियो । यससंगै सो अस्पतालमा कोरोना संक्रमित मृतकको संख्या ७ पुगेको छ । ४ जनाको उपचारका क्रममा र ३ जनाको उपचारका लागि ल्याउँदा ल्याउँदै बाटोमै मृत्यु भएकाहरु अस्पतालमा मृत्यु पुष्टि भएको हो । सो अस्पतालमा हाल करिब २० जना संक्रमितको उपचार भइरहेको छ ।
दमकको एडभान्समा उपचाररत एक जना कोरोना संक्रमित महिलाको आज बिहान मृत्यु
सवाल नेपाल संवाददाताआइतबार, २३ जेठ २०७८

दमकको एडभान्समा उपचाररत एक जना कोरोना संक्रमित महिलाको आज बिहान मृत्यु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



