महालेखा नियन्त्रक कार्यालयले राष्ट्रसेवककर्मचारीको पेन्सन व्यक्तिगत खातामा जाने प्रणाली लागू गरेको छ।

आइतबार एक सूचना जारी गर्दै महालेखा कार्यालयले मासिक निवृत्तभरण रकम विद्युतीय हस्तान्तरणमार्फत् सिधै सम्बन्धित व्यक्तिको बैंक खातामा जम्मा हुने प्रणाली लागु भएको जनाएको छ। सेवा निवृत्त राष्ट्र सेवक कर्मचारीको मासिक निवृत्तभरण रकम विद्युतीय कोष हस्तान्तरण (इलेकट्रोनिक फण्ड ट्रान्सफर) बाट सोझै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुने प्रणाली आजदेखि लागु गरिएको छ । कार्यालयबाट जारी सूचनामा भनिएको छ ।

यो सँगै पेन्सन पट्टा बनाएर बैंकमा गएर पेन्सन बुझ्नुपर्ने झन्झटिलो व्यवस्था हटेको छ। यो सेवाबाट निजामती, प्रहरी जङ्गी र शिक्षकतर्फ २ लाख ७६ हजार सेवा निवृत्त राष्ट्रसेवक कर्मचारीहरू प्रत्यक्ष लाभान्वित हुने महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। निवृत्तभरण व्यवस्थापनमा सरकारको ठूलो रकम खर्च हुने र सो रकम समयभित्र सम्बन्धित निवृत्तभरण प्राप्त गर्ने व्यक्तिको खातामा नै सरकारी कोषबाट भुक्तानी हुने भएकाले सरकारको नगद प्रवाह व्यवस्थापनमा समेत प्रभावकारिता बढ्ने देखिन्छ ।

थप स्पष्टिकरण :

यस विषयमा धेरैजना नबुझेको जस्तो प्रतिक्रिया आएपछि हामीले महालेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी कृष्ण पुडासैनीलाई सम्पर्क गरेका छौं । यसअगाडी मासिक निवृत्तभरण पाउने व्यक्तिहरुलाई बैंकले मासिक रुपमा उनीहरुको खातामा रकम जम्मा गर्ने गरेको थियो । सरकारले उक्त बैंकलाई शोधभर्ना दिने गर्दथ्यो । बैंकलाई सरकारले १ प्रतिशत सेवा शुल्क पनि दिन्थ्यो जुन लगभग ५२ करोड आसपासमा पुग्थ्यो । अबदेखि इलेक्ट्रोनिक फण्ड ट्रान्सफरमार्फत कोलोनिकाले समवन्धित व्यक्तिको खातामा नै रकम पठाउने हुनाले सेवाशुल्क बापत सरकारले बैंकलाई तिर्नुपर्ने दायित्व कम भएको छ भने पेन्सन पाउने व्यक्तिहरुले पनि समयमा नै पेन्सन रकम पाउने भएका छन् । ६ महिनामा सशरिर बैंकमा उपस्थित हुने विषयमा केही समयपछि अर्को निर्णय हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah