काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । नेता नेपाल र अध्यक्ष प्रचण्डबीच कोटेश्वरमा भएको भेटवार्तामा एमाले अध्यक्ष केपी ओलीले सार्वजनिक गरेको वक्तव्य, विपक्षी गठबन्धनका तर्फबाट प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा दिएको रिट निवेदन लगायतका विषयमा छलफल भएको बुझिएको छ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजो सार्वजनिक गरेको वक्तव्यपछि नेता नेपाल पक्षीय नेताहरुले भेटर्वार्तालाई तीव्र बनाएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आज बिहान मात्रै नेता सुरेन्द्र पाण्डेले नेताहरु घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टलाई आफ्नै निवासमा बोलाएर छलफल गरेका थिए भने नेता नेपालले आफ्नो समूहको स्थायी कमिटी बैठक बोलाएका छन् ।