काठमाडौं । सरकारले आगामी बजेटमा शैक्षिक प्रमाणपत्र धितोमा राखी २५ लाख रुपैयाँसम्म कर्जा लिन पाइने उल्लेख छ । यसले विद्यार्थीहरुलाई जति उत्साहित बनाएको छ । तर यस्तो ऋण कसले र कसरी लिन पाउने भन्नेबारे भने विद्यार्थीहरुमा अलमल छ ।

शैक्षिक प्रमाणपत्र राखेर बैंकमा जानासाथ सजिलै कर्जा पाइन्छ भन्ने होइन। सम्पूर्ण प्रक्रिया पुर्‍याएपछि प्राप्त हुने कर्जाले पनि मनलागी गर्न पाइदैन ।

यस्तो कर्जा शैक्षिक बेरोजगार व्यक्तिले पाउने हुन् । अनि नयाँ सोच र सहुलियतपूर्ण कर्जा कार्यविधिले तोकेको परियोजना हुनुपर्छ । उक्त परियोजना पूरा गर्ने, त्यसले कमाइ गर्ने आधार र ब्यांकको किस्ता तिर्न सक्ने कार्ययोजना स्पष्ट भएपछि बल्ल बैंकले उक्त परियोजना र सक्कली प्रमाणपत्र धितोको रूपमा राखेरपरियोजनाअनुसार बढीमा २५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउछ ।

सबै प्रक्रिया पूरा भए पनि रकम एकैपटक भने पाइँदैन। परियोजना अगाडि बढाउँदै गर्दा बैक अनुगमन गर्दै किस्ता किस्तामा दिन्छ।

प्रमाणपत्र धितोमा राखेर कर्जा लिन विद्यार्थीको निश्चित शैक्षिक योग्यता तोकिएको छ । सहुलियतपूर्ण कर्जा कार्यविधि, २०७५ अनुसार शिक्षित युवा स्वरोजगार कर्जा पाउन स्नातक उत्तीर्ण गरेको र ४० वर्ष नकटेको हुनुपर्छ। त्यस्तै, घरेलु तथा साना उद्योग कार्यालय, सीप विकास तालीम केन्द्र लगायत सरकारी निकायबाट सात दिनको उद्यम सीप विकास तालिम लिएको हुनुपर्छ। व्यवसाय गर्ने विषयमै स्नातक गरेकोलाई भने तालिम अनिवार्य छैन। त्यस्तै उद्यम सञ्चालन तथा कर्जा उपयोग सम्बन्धी प्रस्ताव चाहिन्छ। त्यसका साथै अरु कर्जाको जस्तो स्थायी लेखा नम्बर (पान) लिएको, कर्जा सूचना केन्द्रको कालोसूची वा कारबाहीमा नपरेको हुनुपर्छ।

प्रमाणपत्र धितो राखेर लिइने कर्जा उपयोग गर्न कार्यविधिले निश्चित क्षेत्र छुट्याएको छ। आफूलाई मनलागी योजना बनाए कर्जा पाइँदैन। किनभने बैंक तथा वित्तीय संस्थाले पनि कार्यविधिले तोकेका व्यवसायको लागि मात्रै कर्जा प्रवाह गर्छन्।

कर्जाका लागि प्राथमिकतामा परेका क्षेत्रहरु :

कृषि र उत्पानशील क्षेत्र, कृषि व्यवसायअन्तर्गत उत्पादन, प्रशोधन तथा भण्डारण,खाद्यान्‍न, नगदे बाली, तरकारी तथा जडिबुटी खेती वा व्यवसाय, पशुपन्छी व्यवसाय, सिँचाइ उपकरण, कृषि औजार, वन तथा चरण विकास, जग्गा विकास तथा भू–संरक्षण, स्वास्थ्य, औषधि पसल, पशुपन्छी व्यवसाय, सीपमूलक व्यवसाय, गाडी मर्मत, फोटोकपी, स्टेशनरी, सिलाइबुनाइ, पर्यटन, सञ्चार, यातायात आदि । जनता समाचार बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah