काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले पार्टीका शीर्ष नेताकै गतिविधि एकतामा बाधक भइरहेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले अध्यक्ष केपी शर्मा ओली पार्टीका बरिष्ठ नेता माधव नेपाल तथा झलनाथ खनालसँग सहकार्य गर्न तयार नहुने तर महन्थ ठाकुर राजेन्द्र महत्तोसँग सत्ता साझेदारी गर्न तयार हुने तथा बरिष्ठ नेताहरू नेपाल र खनाल ओलीसँग नमिल्ने तर शेरबहादुर देउवा र प्रचण्डसँग मिल्ने भन्दै प्रश्न गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले समस्याको मूल जड यही रहेको भन्दै कसले र किन गरिरहेको भन्दै प्रश्न गरेका छन् । पार्टीको एकता जोगाउन यस विषयमा गम्भीर छलफल हुनुपर्ने उनको भनाइ छ ।