राष्ट्रिय खबर

दमकमा रहस्यमयी मृत्यु भएकी सेजलको हत्या भएको भन्दै प्रहरीमा बाबुले दिए जाहेरी, पोस्टमार्टम रिपोर्टको पर्खाइमा प्रहरी


  दमक   सवाल नेपाल   २०७८ जेष्ठ २७, १८:२६

दमक/ झापाको दमक ५ मा रहस्यमयी मृत्यु भएकी इलाम देउमाई नगरपालिका वडा नं ४ की सेजल कोइरालाको हत्या भएको भन्दै पीडित परिवारले सुक्ष्म अनुसन्धान गरी दोषीमाथि कारवाही गर्न माग गरेका छन ।

उनको मृत्यु अप्राकृतिक किसिमको भएको दाबी गर्दै घटनामा सुक्ष्म अनुसन्धान गरेर दोषीलाई तत्काल पक्राउ गर्न माग गर्दै बुबा सरोज कोइरालाले इलाका प्रहरी कार्यालय दमकमा जाहेरी दिएका हुन ।
मृतकका नातेदार मनिष खनालले निष्कर्ष न्यूजसंग भने– सेजलको मृत्यु शंकास्पद छ परिवारका तर्फबाट प्रहरीमा शंकास्पद मानिसहरुको नाम उल्लेख गरेरै जाहेरी दिएका छौं । खनालले प्रहरीबाट उनको मृत्युको प्रकृतिका बिषयमा फरक फरक कुराहरु आइरहेको भन्दै घटनाको प्रारम्भिक चरणलाई सुक्ष्म र गम्भिर ढंगबाट अनुसन्धान गरिनुपर्ने बताए । अस्पतालमा मृत्यु भएको हो वा उनको कोठामा नै मृत्यु भएको थियो ? हामीले शंका गर्नुपर्ने अवस्था देखिन्छ– खनाल भन्छन ।

दमक ५ स्थित एक घरमा भाडामा बसेर लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी तेस्रो बर्षमा अध्ययनरत कोइरालाको हिजो ( बुधबार) साँझ नै मृत्यु भएको थियो । उनको मृत्युको बिषयमा निष्कर्ष न्यूजले बिहिबार बिहान पहिलो पटक समाचार बाहिर ल्याएको थियो । निष्कर्ष न्यूजसंगको कुराकानीमा इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्कीले मृतकको पोस्टमार्टम रिपोर्टका आधारमा थप अनुसन्धान अघि बढाइने बताउँदै आएका छन । उनलाई बुधबार बेलुकी करिब ५ बजे साथीले मोवाइलमा सम्पर्क गरेका थिए । उनको मोवाइल नउठेपछि साथीहरु कोठामा पुग्दा उनलाई शौचालयको कम्बोर्टमा बेहोस अवस्थामा भेटेका साथीहरुलाई उदृत गर्दै प्रहरी नायव उपरिक्षक कार्कीले बताएका छन ।

मृतक कोइरालाको धरानस्थित वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज ( बिहिबार ) शव पोस्टमार्टम भएको छ । उनको आज ( बिहिबार) नै झापास्थित कन्काई नदीमा दाहसंस्कार गर्ने पारिवारिक स्रोतले जनाएको छ । निष्कर्ष न्युज बाट 

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sawalnepal89@gmail.com मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु