साेलुखुम्बु – सोलुखुम्बुको पत्तालेमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा लोबेडका चालक बाग्लुङका २६ वर्षीय भूमिराज मरासिनी र क्रेनका चालक स्याङजाका २४ वर्षीय रामबहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेहरूमा मृतक परियारका श्रीमती लीला परियार र गुल्मीका वसन्त पौडेल रहेका छन् ।

घाइतेमध्ये पाैडेलकाे अवस्था सामान्य छ भने परियारकाे जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक (डीएसपी) कवित कटवालले जानकारी दिनुभयो ।

डीएसपी कटवालका अनुसार आज (शुक्रवार) बिहान साढे आठ बजेतिर ग १ क ५१ ७३ नम्बरको लोबेडमा लोड गरेर लगिएकाे क्रेनले हाई टेन्शन लाइनकाे तारमा छाेएकाे हो । करेन्ट लाग्दा गाडीमा आगलागी भएको प्रहरीले जनाएको छ । सोलु हाइड्रोपावर ८६ मेगावाटको हाइड्रोपावरको क्रेन पोखरा मर्मतका लागि लैजाँदै गर्दा दुर्घटना भएको बताइएको छ । उज्यालो अनलाइन बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah