काठमाडौ । विदेशमा सिकेको सीप, अनुभव तथा केही गर्छुँ भन्ने सोचका साथ व्यवसाय गर्न चाहने युवाहरुलाई लक्षित गरी वैदेशिक रोजगारीबाट फर्किएका युवा परियोजना कर्जा ल्याएको छ । जस मार्फत १० लाख रुपैया सम्म सहुलियत ऋण पाइन्छ ।

५ प्रतिशत व्याजमा पाइने यो ऋणका लागि आवश्यक कागजात पेश गर्नुपर्नेछ । वैदेशिक रोजगरीवाट फर्किएकाहरुलाई यो योजना लक्षित छ । नेपाल राष्ट्र बैंकको तथ्याँकअनुसार यो व्यवस्था लागू भएदेखि २०७८ को जेठ महिनासम्म ७ सय ८२ जनाले यस कर्जाको लाभ उठाएका छन् । अहिलेसम्म ६५ करोड २५ लाख रुपैयाँ कर्जा स्वीकृत भएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले जानकारी दिए ।

कार्यविधिमा व्यवस्था भएअनुसार श्रम स्वीकृति प्राप्त गरि वा नगरि कुनै पनि देशमा कम्तीमा ६ महिना काम गरि नेपाल फर्केकाहरुलाई यो कर्जा दिइन्छ । उनीहरुले व्यक्तिगत या सामूहिक रुपमा यो कर्जाको लागि बैंकमा आवेदन दिन पाउँछन् ।

कर्जा लिनको लागि उद्यम सञ्चालन तथा कर्जा उपयोग सम्बन्धी संक्षिप्त प्रस्ताव पेश गर्नुपर्ने हुन्छ । यसरी माग गरिएको कर्जामा सम्बन्धित व्यक्तिले उल्लेख गरेको कर्जाको उद्येश्य, जोखिम, माग रकम लगायत परियोजनाको सम्भाव्यता हेरेर तथा कर्जाको सदुपयोग हुने आधारमा बैंक तथा वित्तीय संस्थाले ऋण प्रदान गर्नुपर्ने व्यवस्था छ । कुनै कारणबस कर्जा प्रवाह गर्न सक्ने अवस्था नभएमा स्पष्ट आधार र कारणसहित सम्बन्धित निवेदकलाई लिखित जानकारी दिनुपर्ने कार्यविधिमा उल्लेख छ ।

यसरी प्राप्त गर्ने ऋणको लागि ब्याज अनुदान अवधि बढीमा पाँच वर्ष तोकिएको छ । तर व्यवसायको प्रकृति हेरेर बैंक तथा वित्तीय संस्थाले त्यही अनुसार ब्याज अनुदानको अवधि तोक्न सक्ने कार्यविधिमा उल्लेख छ । त्यो अवधिभित्र ऋण तिरिसक्नुपर्ने हुन्छ । यस्तै व्यवसायको प्रकृति तथा प्रतिफलको अवधिको आधारमा किस्ता भुक्तानी अवधि निर्धारण गर्न सक्ने व्यवस्था पनि छ ।

कार्यविधिका अनुसार बैंकहरुले आफ्नो कारोबारको निश्चित प्रतिशत वा निश्चित संख्यामा यस्तो ग्राहक पुर्याउने लक्ष नेपाल राष्ट्र बैंकले तोकेर त्यसको अनुगमन गर्नुपर्ने हुन्छ ।

यस कार्यविधि अनुसार बैंक तथा वित्तीय संस्थाबाट प्रवाह गर्ने कर्जा लिनको लागि राहदानी ९पासपोर्ट०, प्रवेशाज्ञा ९भिसा० तथा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्छ । यस्तै श्रम स्वीकृति प्राप्त भएको देशबाट फर्केकाको हकमा त्यसको प्रतिलिपि । विदेशमा कम्तीमा ६ महिना काम गरेको भन्ने देखाउने कुनै प्रमाण पनि आवश्यक पर्छ । यस्तै आफू कुनै पनि देशको स्थायी स्थायी बसोबासको स्वीकृति प्राप्त व्यक्ति नभएको स्व घोषणा गर्नुपर्छ ।

यसको अतिरिक्त सम्बन्धित बैंक तथा वित्तीय संस्थाको विधिवत् रुपमा भरिएको कर्जा आवेदन फारम, प्रचलित कानुन बमोजिम दर्ता भएको व्यवसाय तथा स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि आवश्यक हुन्छ । यस्तै आफू कर्जा सूचना केन्द्रको कालो सूचीमा नपरेको स्वघोषणा गर्नुपर्छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah