बागमती प्रदेशसभा बैठकमा नेपाली कांग्रेसका एक प्रदेशसभा सदस्यले प्रधानमन्त्रीको नाम लिँदै संसदीय मर्यादाविपरीत असंवेदनशील अभिव्यक्ति दिएका छन्।

नेपाली कांग्रेसका सांसद नरोत्तम वैद्यले शुक्रबारको प्रदेशसभा बैठकमा आफू प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नाथुराम गोड्से बन्न तयार रहेको बताएका हुन्। गोड्से ती व्यक्ति हुन्, जसले महात्मा गान्धीलाई गोली हानेर हत्या गरेका थिए।

प्रधानमन्त्री ओलीले सत्ता जोगाउन जस्तोसुकै सम्झौता गरेको आरोप लगाउँदै वैद्यले भने, ‘खड्गप्रसाद ओलीलाई नरोक्ने हो भने उनले यो देश खाइदिन्छन्। त्यसैले मेरो आग्रह छ, अब कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्यो मुलुक बचाउनलाई, कोही नाथुराम बन्न तयार छैन भने म बन्छु।’

यति भनेपछि उनले विषय अन्तै मोडेका थिए। प्रधानमन्त्रीप्रति लक्षित वैद्यको टिप्पणी अशोभनीय र अमर्यादित भए पनि प्रदेशसभा बैठकमा कसैबाट नियमापत्ती भएन।

उनले यो पनि भने, ‘कहिलेकाहीँ ट्याम्पुमा चढ्दा त्यहाँ बस्ने साथीहरूले कुराकानी गर्छन्- नेताहरूले देश यस्तरी बिगारे, उनीहरूलाई भेटे भने एक-एक गरी ठोकिदिन्थे। एक-एकलाई सिध्याइदिन्थेँ। यस्तो सुनेपछि विस्तारै आफूसँग भएको लोगो गोजीमा हाल्थेँ। अनि जुन गन्तव्यमा जानुपर्ने हो, त्यहाँभन्दा अगाडि नै ओर्लन्थेँ। अहिले देशको अवस्था त्यस्तै बनाइदिए।’

उनले उपप्रधानमन्त्री राजेन्द्र महतोलाई नेपाली नागरिक हो कि होइन भनेर प्रश्नसमेत गरेका थिए। ‘आफ्नो पार्टीको माधव नेपाल नअटाउने अनि नेपाली नागरिक पनि हो कि होइन, उहाँ चाहिँ अटाउने,’ उनले भने। 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah