दमक/ दमकमा आज ( आइतबार) थप एक जना कोरोना संक्रमितको मृत्यु भएसंगै दमकमा संक्रमित मृतकको संख्या २३ पुगेको छ ।

यसैबीच दमक नगरपालिका क्षेत्रमा भोली ( जेठ ३१ गते ) मध्यराती सम्मका लागि लगाइएको निषेधाज्ञाको अन्तिम समय भएकाले व्यवसायी तथा आम सर्वसाधारणहरुमा संक्रमण रोकथामका लागि जारी रहेको निषेधाज्ञा के होला ? भन्ने जिज्ञासा छ । जिल्लास्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको आज ( आइतबार) बसेको बैठकले थप एक साता सम्म निषेधाज्ञा केही खुकुलो बनाउँदै जारी राख्ने निर्णय गरिसकेको छ । यस अवस्थामा जिल्लामा अधिक संक्रमण देखिएको दमक नगर क्षेत्रमा पनि सो निर्णय हुबहु कार्यान्वयन गराउने बिषयमा छलफल हुनेछ । नगरपालिका स्रोतले जिल्लास्तरमा भएको निर्णयलाई नै आधार मानेर संक्रमण रोकथामका लागि निषेधाज्ञा जारी राख्ने बिषयमा नगरपालिकाले आवश्यक निर्णय लिने तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah