लगातारको वर्षापछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा आएको लेदोसहितको बाढीले घर, पुललगायत संरचनामा क्षति पुर्‍याएको छ।

मंगलबार साँझ आएको बाढीले हेलम्बुमा रहेको शसस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको क्याम्प बगाएको छ।

बाढीले मेलम्ची बजारमा धेरै क्षति पुर्‍याएको छ।

मेलम्ची र ईन्द्रावती नदीमा आएको बाढीले घर, पुललगायत संरचनामा क्षति पुर्‍याएको स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले उल्लेख गरेका छन्।

उनकाअनुसार मेलम्ची खानेपानी ड्याममा केही क्षति पुगेको, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजारका घरहरूमा क्षति पुगेको छ।

यसैगरी नाकोते पुल, तिम्बु पुल, फट्टे पुल, मेलम्ची पुल, बाहुनेपाटी पुल, ढाँडखोला पुलमा क्षति पुगेको मन्त्री तामाङले उल्लेख गरेका छन्।

नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएको छ। उनले पीडितहरूलाई आजै सरकारले राहत उपलब्ध गराउने पनि बताएका छन्।

मेलम्ची र ईन्द्रावतीको बाढीले घरहरूमा क्षति पुर्‍याएको र मानिसहरूलाई उद्धार गर्नुपर्ने हुन सक्ने भएकोले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक मातहत उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले अहिलेसम्म मानवीय क्षतिबारे कुनै विवरण नआएको जानकारी दिए।

मेलम्चीमा बसपार्क र नदी आसपासका क्षेत्रमा रहेका घर, टहरा बगाएको विवरण प्राप्त भएको र त्यसतर्फ टोलीसमेत परिचालन गरिएको उनले बताए।

‘घर तथा पुलहरूमा क्षति पुगेको विवरण आएको छ। मानवीय क्षतिको अहिलेसम्म कुनै विवरण आएको छैन,’ उनले भने, ‘उद्धार गर्नुपर्ने कतै ठाउँ छन् भने खबर पाउनासाथ जाने गरी तयारी अवस्थामा छौं।’

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah