सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले बगाएका ३ जनाको शव फेला परेको छ । मृतक दुई चिनियाँ र एक भारतीय नागरिक छन् ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले असार ३ गते जारी गरेको विज्ञप्ति अनुसार चिनिया नागरिक गोङ् टियानको शव इन्द्रावती गाउँपालिका वडा नम्बर ११ बदेरीस्थित इन्द्रावती खोलाको किनारमा शव फेला परेको छ।
त्यसैगरी अर्का चिनियाँ नागरिक यू ची झुको शव सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका-५, मूलकोटस्थित सुनकोशी नदीको किनारमा भेटिएको छ।
त्यसैगरी भारतीय नागरिक कमल लोचन महतोको शव सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका-७ कानढुँग्रीस्थित सुनकोशी नदीको किनारमा शव भेटिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जनाएका छन् ।
अझै १७ जना बेपत्ता छन् ।
माधव भण्डारी, गणेश ज्योति, टीकामाया खड्का, ज्ञानेन्द्र कक्षपति,सुरेन्द्र नेपाल, च्यांगा तामाङ, काली तामाङ, साइली तामाङ, रेशमलाल सार्की, होमराज घिमिरे, विजय बासुमन्तरी, जिनडाओ बासुमन्तरी, सान यु चुवान, सुनिल तामाङ, पूर्ण तामाङ, कामी तामाङ र उनको आमा बेपत्ता छन् ।
बेपत्तामध्ये दुई जना भारतका र १ जना चिनियाँ नागरिक छन् ।



