काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा उल्लेख्य सुधार भएको उनको सचिवालयले जानकारी गराएको छ । लामो समयदेखिको उनलाई ज्वरो आउने समस्या हटेको छ ।

सचिवालयका सदस्य चन्द्र लामाका अनुसार आजबाट नेता खनालको श्वासप्रश्वासको समस्यामा पनि सुधार आएको छ । नेता खनालका छोरा निर्भिक खनाल चित्रकारले दिएको जानकारीअनुसार उनको स्वास्थ्यमा हिजोभन्दा आज थप सुधार भएको सचिवालय सदस्य लामाले बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

रगतमा देखिएको हेमोग्लोविनको कमीलाई सामान्य अवस्थामा फर्काउने चिकित्सकहरुले प्रयास गरिरहेका सचिवालयले जनाएको छ । नेता खनाललाई कोभिड सङ्क्रमण भई ठीक भए पनि ‘पोष्ट कोभिड’ भएको हो कि १ भन्ने आशङ्का गरिए पनि त्यो अवस्था नभएको चिकित्सकले बताएको पनि सचिवालयको भनाइ छ ।

तीन दिन थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराई उनलाई थप उपचारका लागि असार २ गते बुधबार दिल्लीस्थित अपोलो अस्पताल लगिएको थियो । नेता खनालसँग चिकित्सक डा। सुदीप अमात्य, श्रीमती र छोरा दिल्लीमा छन् ।

पूर्व प्रधानमन्त्री खनालको स्वास्थ्य उपचार खर्च सरकारले व्यहोर्ने बताएको छ ।