काठमाडौं । .भाइरस संक्रमणको जोखिम कम गर्न काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई ७ देखि १० दिनसम्म लम्ब्याउने तयारी भएको छ । । निषेधाज्ञाबारे छलफल गर्न आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समिति (डिसीसीएमसी)को बैठक बस्दैछ । डिसीसीएमसीको बैठकपछि तीन प्रमुख जिल्ला अधिकारीबीच हुने छलफलले निषेधाज्ञाबारे निर्णय गर्नेछ ।

जिल्ला प्रशासनहरुले संक्रमणको स्थिती हेरेर निषेधाज्ञालाई थप खुकुलो बनाउने तयारी गरेका छन् । असार ८ गतेदेखि थपिने निषेधाज्ञा समयमा होलसेल, फेन्सी, भाँडा पसल लगायतलाई निश्चित समय दिएर खुलाउने तयारी भएको छ ।

साथै, ग्राहकलाई बसेर खान नदिने सर्तमा केही समय दिएर खाजा र चिया पसल पनि खुलाउने बारे छलफल भएको छ । नीजि सवारी साधनलाई जोर बिजोरको आधारमा संचालन हुन दिने बारे पनि छलफल भएको छ तर, यो विकल्पबारे तत्कालै निर्णय नहुन सक्छ । ‘संक्रमण नबढ्ने गरेर अत्यावश्यक क्षेत्र खुलाउने र अर्थतन्त्रलाई चलायमान बनाउने बारे हामी केन्द्रित छौं’ काठमाडौंका सीडीओ पराजुलीले भने ।

कोभिड–१९ निर्देशक समिति बैठकले अबका दिनमा ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय गरेको थियो । यसको मोडालिटी बनाउने जिम्मा कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी)लाई छ । तर सीसीएमसीले अन्तिम निर्णय गरिसकेको छैन ।

संक्रमण धेरै देखिएका क्षेत्रलाई मात्र सिल गरेर परीक्षण र कन्ट्रयाक ट्रेसिङलाई बढाउने प्रावधान ‘स्मार्ट लकडाउन’को प्रावधानमा राख्ने तयारी छ । यसको मोडालिटीमा स्वास्थ्य मापदण्ड पालना गराएर आर्थिक गतिविधिलाई अगाडि बढाउने विषय छ । सीसीएमसी स्रोत भन्छ, ‘कुल सवारी साधनको संख्यालाई विश्लेषण गरेर एक तिहाइ वा कति वैज्ञानिक हुन्छ, सञ्चालन गर्न दिने विषयमा पनि छलफल भइरहेको छ ।’ सवारीसाधनको अन्तिम नम्बरको आधारमा बार तोकेर निजी सवारी साधन चलाउन दिने कि भन्ने विषयमा छलफल भइरहेको छ ।

विदेश जाने प्रयोजनका लागि तोकिएका प्रयोगशालालाई मात्र परीक्षण अनुमति : मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जाने व्यक्तिको कोभिड–१९ सङ्क्रमणको पिसिआर परीक्षणका लागि थप प्रयोगशालालाई अनुमति नदिएको स्पष्ट पारेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै विदेश जानेको प्रयोजनका लागि सबै सरकारी प्रयोगशाला र न्यूनतम सय शय्या भएका अस्पताल र ‘ए’ वर्गका निजी प्रयोगशालाबाहेक अन्यलाई अनुमति नदिएको स्पष्ट पार्नुभएको छ ।

केही सञ्चारमाध्यममा अन्य प्रयोगशालालाई पनि विदेश जाने प्रयोजनका लागि पिसिआर गर्न अनुमति दिएको समाचार आएको भन्दै उहाँले मन्त्रालयको आधिकारिक जानकारी नलिई सर्वसाधारणलाई अप्ठ्यारो पर्ने खालका सूचना प्रकाशन नगर्न अनुरोध गरेका छन्।

मध्यपुरथिमिका सबै वडामा एन्टिजिन र पिसिआर परीक्षण

मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगर क्षेत्रमा भाइरस सङ्क्रमणको अबस्था पहिल्याउन सबै वडामा निःशुल्क एन्टिजिन र पिसिआर परीक्षण सम्पन्न गरेको छ । परीक्षणमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झा, स्वास्थ्य मन्त्रालयका सहसचिव डा. महेन्द्र श्रेष्ठ, विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. राजेश संभाजीराव पाण्डबसहितको टोलीले परीक्षणको आज बिभिन्न केन्द्रमा अनुगमन तथा निरीक्षण गर्नुभएको थियो । टोलीलाई नगर प्रमुख मदनसुन्दर श्रेष्ठले एन्टिजिन र पिसिआर परीक्षणका बारेमा जानकारी गराउनु भएको थियो ।

नगरपालिकाले आज साँझसम्म सबै वडाको तथ्याङ्क सङ्कलन गरी आइतबार प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ । परीक्षणमा . सङ्क्रमण पुष्टि भएकालाई निःशुल्क आइसोलेसन र उपचार गरिने उहाँले बताउनुभयो । एकै पटक १० हजारको एन्टिजिन र पिसिआर परीक्षण गर्ने उद्देश्य रहेको थियो । सबै वडामा परीक्षण गरेपनि सहभागिता भने थियो । भक्तपुर जिल्ला सङ्क्रमित र मृत्यु दर सबभन्दा बढी हुने बताइएको छ । सो नगरपालिकाले चिनियाँ मोडलमा नेपालमै पहिलो पटक एकैपटक एन्टिजिन र पिसिआर परीक्षण गरी कोभिड–१९ सङ्क्रमणको विश्लेषण गर्ने भएको हो । “ नगरबासी .बाट कति सुरक्षित छन्, जोखिमको अबस्था कस्तो छ, भावी रणनीति कस्तो बनाउने भनेर बिभिन्न कोणबाट विश्लेषण गर्न परीक्षणका लागि स्थानीयको नमूना सङ्कलन गरेका हौ ।” नगर प्रमुख श्रेष्ठले भन्नुभयो, “चीनले यहीँ बिधिबाट परीक्षण गरेको यो चिनियाँ मोडल हो, मध्यपुरथिमि नगरपालिकाले नेपालमा पहिलो पटक यो मोडलमा परीक्षण गर्ने भएको हो ।”

परीक्षणका लागि नगरपालिकाले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको व्यवस्थापनसहित यहाँका स्वास्थ्यकर्मीलाई परिचालन गर्ने भएको छ । परीक्षणको रिपोर्टसहित २४ घण्टाभित्र दुबै रिपोर्ट सार्वजनिक गरिने उहाँले बताउनुभयो । पछिल्लो समयमा निषेधाज्ञाका कारण काठमाडौं उपत्यकामा कोभिड सङ्क्रमणको अबस्थामा कस्तो छ भनेर यसलाई बिज्ञमार्फत अनुसन्धानको रुपमा मूल्याङकन गर्न सकिने छ । यसैको आधारमा उपत्यका नरपालिका फोरमलाई आगामी दिनमा नीति निर्माण बनाउन सहयोग पुग्ने नगरपालिका फोरमका सचिवसमेत रहेका श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah