काठमाण्डाै – थुनिएको नदीलाई चिनियाँ पक्षले खोल्न थालेपछि तामाकोशी नदी तटीय क्षेत्रको जोखिम कम भएको छ ।

तिब्बतमा आएको पहिरोले थुनेको नदी बिस्तारै खोलेपछि तामाकोशी नदीमा पानीको बहाव बढेको र बाढीको जोखिम भने कम भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) भेषराज रिजालले जानकारी दिनुभयो ।

थुनिएको नदी खोल्ने क्रममै रहेकोले तटीय क्षेत्रमा सावधानी अपनाउन भने अनुरोध गरिएको उहाँले बताउनुभयो । चीनको टिङ्ग्री काउन्टीको रोङछिया आसपासमा नदी थुनिएको चिनियाँ पक्षले जानकारी गराएकोमा अहिले नदीको बहाव नियन्त्रणमा रहेको जानकारी पाएको डीएसपी रिजालले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय दोलखाले गएराति जरुरी सूचना जारी गरेर दोलखा र आसपासका जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो । तामाकोशीमा बाढी आएमा तटीय क्षेत्रमा पर्ने दोलखासहित रामेछापको मन्थली र सिन्धुलीको खुर्कोट बजारसम्म क्षति हुनसक्ने अनुमान छ ।

फोटो सौजन्य : डीएसपी भेषराज रिजाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah