राष्ट्रिय खबर

दक्षिणकालीमा अनुहार किच्याएको अवस्थामा महिलाको शव फेला


  काठमाडौं   सवाल नेपाल   २०७८ असार ८, २०:५९

काठमाडौं, ८ असार । दक्षिणकालीमा एक जना महिलाको शव विभत्स अवस्थामा भेटिएको छ । अनुहार नचिनिने गरी गह्राै वस्तुले किच्याएको अवस्थामा शव भेटिएको उपत्यका अपराध अनुसन्धान महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानमा महिलाको हत्या भएको हुनसक्ने देखिएको उनले बताए । ‘पिकनिक स्पट छेऊ पुरानो ट्वाइलेटमा शव भेटिएको छ’ खापुङले भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’

प्रहरीले घटनास्थलमा फेरेन्सिक डाक्टर र तालिम प्राप्त कुकुरलाई पनि बोलाएको छ । शव अन्दाजी ३०÷३५ वर्षको महिलाको भएको प्रहरीको भनाइ छ । सनाखत भने भइसकेको छैन । यसअघि २५ जेठमा बौद्धको टाउन प्लानिङ वयस्क व्यक्तिको खुट्टा भेटिएको थियो । हालसम्म त्यो खुट्टा कसको हो भन्ने खुलेको छैन ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sawalnepal89@gmail.com मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार