विराटनगर । कोरोना महामारीका कारण बन्द भएको आन्तरिक हवाई उडान खुला हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ९ रुटमा अन्तराष्ट्रिय उडान सहित आन्तरिक उडानहरु खुला गर्ने निर्णय गरेको हो ।
बैठकले कुल उडान संख्यामा ५० प्रतिशत नबढ्ने गरी उडान खुला गर्ने निर्णय गरेको हो । नागरिक उड्डयन प्राधिकरणै उडान हुने मितिका बारेमा जानकारी दिइने जनाएको छ ।

यसैबीच, सरकारले दुबई, दमाम, कुवेत, मस्कट, मलेसिया, कोरिया, जापान, चीनको छेन्दु, ग्वाङ्जाओको उडान खुला गरेको छ । हाल सातामा एक उडान भइरहेको कतारको दोहा, टर्कीको स्तानबुलको उडान भने दोब्बर पारिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय