काठमाडौं । नवलपरासीको एक स्थानीय तहले एकल पुरुषलाई पनि मासिक भत्ता दिने भएको छ ।

बर्दघाट सुस्तापूर्वको बौदीकाली गाउँपालिकाले एकल पुरुषलाई मासिक भत्ता दिने भएको हो । छैठौं गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रममा गाउँपालिका भित्रका ४० वर्ष उमेर काटेका एकल पुरुषलाई भत्ता दिने उल्लेख छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीका अनुसार सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका एकल पुरुषलाई भत्ताको व्यवस्था गर्न लागिएको हो । कार्यविधि निर्माण गरेर एकल पुरुषलाई मासिक रु २ हजारका दरले भत्ता दिइने तयारी गाउँपालिकाको छ । तर अन्य प्रकारका सामाजिक सुरक्षाभत्ता लिएकाहरू भने यो योजनामा समेटिने छैनन् ।

यसैगरी गाउँपालिकाले ८५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई सम्मानस्वरूप वार्षिक रूपमा चाडपर्व खर्च उपलब्ध गराउने भएको छ । ८५ वर्ष उमेर नाघेकाहरूलाई दसैंखर्च भनेर एकमुष्ट रु पाँच हजार दिने व्यवस्था गरिएको हो । जनता समाचार बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah