काठमाण्डाै – संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले आप्रवासीका बारेमा समान धारणा बनाउन युरोपेली युनियनका सदस्य राष्ट्रहरुलाई आग्रह गर्नुभएको छ । युरोपेली संसदको अधिवेशनलाई सम्बोधन गर्दै महासचिव गुटेर्रेसले बिहिवार आप्रवासीको बारेमा समान धारणा बनाइ समस्या समाधान गर्न आग्रह गर्नुभएको हो ।

आउँदा दिनमा युरोपका देशहरुले आप्रवासीका विषयमा आवश्यक पर्ने नीति निर्माण गर्न र समस्या समाधान गर्नका लागि पनि एकताबद्ध भएर लाग्नुपर्ने उहाँको भनाइ छ । युरोपमा आप्रवासीहरुका विषयमा धेरै समस्या रहेकाले ती समस्याहरुलाई कुनै एउटा मात्र देशले समाधान गर्न नसक्ने भन्दै आवश्यक नीति निर्माण गरेर अघि बढ्न उहाँले आग्रह गर्नुभएको हो ।

उहाँले आफूले पोर्चुगलको प्रधानमन्त्री एवं संयुक्त राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी उच्च आयुक्तको रुपमा गरेको कामको अनुभवबाट यो सुझाव पेस गरेको पनि महासचिव एन्टोनियो गुटेर्रेसले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर