काठमाडौं । दलित भएकै कारण कोठा नपाएको भन्दै घरधनीलाई नै उजुरी दिएपछि चर्चामा आएकी संचारकर्मी रुपा सुनारले आफ्नो चरित्र ह त्या गर्ने ९ वटा अनलाइनविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दिएकी छन् । रुपाले आफ्नो मानहानी गरेका अनलाइनहरु भन्दै नेपालपाना डटकम, खबरमाला डटकम, कालापानी पोस्ट, इकालापानी पोस्ट, मिडिया २० पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम, साझा मिडिया डटकम र नेपाल पहरा डटकम गरेर ९ वटा रहेका छन् ।

काउन्सिललाई लेखेको उजुरीमा रुपाले भनेकी छिन् ‘प्रस्तुत अफवाहले विभिन्न जात, जाति, धर्म वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पुर्‍याउने र जातीय छुवाछुत एवं लैंगिक भेदभावलाई दुरुत्साहन गर्ने कार्य खुल्लमखुला गरेको समेत देखिन्छ । मेरो चरित्र हत्या गरी समग्र समुदायमाथि नै हिंसा गरेको हुनाले ती अनलाइनहरूमाथि प्रेस काउन्सिलबाट आवश्यक कानुनी कारबाही गर्नुका साथै ती अनलाइनर्लाइ साइबर अपराध कसुरअन्तर्गत कारबाहीका लागि सिफारिस गरिदिनु हुन यो निवेदन पेस गर्दछु।’

रुपाले काठमाडौँको बबरमहलकी घरधनी सरस्वती प्रधानले जातीय विभेद गर्दै आँफुलाई कोठा नदिएको आरोप लगाएपछि यो विषयले चौतर्फी चर्चा र आलोचना पायो । रुपाले उजुरी दिएको ३ दिनमा पक्राउ परेकी घरधनी प्रधानमनलाई शिक्षमन्त्री गोपालकृष्ण श्रेष्ठले नै आँफै गएर आफ्नो गाडीमा राखेर घर पुर्याइदिएपछि यो विषयले झनै चर्चा पायो । यही क्रममा आँफु विरुद्ध र्न भ्रामक समाचार लेखेको भन्दै रुपाले ९ अनलाइन विरुद्ध काउन्सिलमा उजुरी दिएकी हुन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah