काठमाडौं : विदेशबाट कोभिडको खोप पूरा डोज लगाएर आएका नागरिकलाई सरकारले सिधै घर जान दिने भएको छ।

खोप लगाएर आएकाहरुलाई सिधै घर जना दिने र सेल्फ क्वारेन्टिनमा बस्नेगरि संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालयले विदेशबाट नेपाल आगमन हुने व्यवस्था सम्बन्धी आदेश २०७८ जारी गरेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसैगरी, कोभिड परीक्षणको रिपोर्ट नेगेटिभ लिएर हवाई मार्गबाट नेपाल आउने पनि सेल्फ क्वारेन्टिनमा बस्नेगरि सिधै घर जान पाउने व्यवस्था आदेशमा गरिएको छ।

मन्त्रालयले खोप नलगाएर आउनेहरुले पालना गर्नुपर्ने ११ शर्त राखेको छ।

यस्ता छन् ११ शर्त