
काठमाण्डौ – जर्मनीलाई हराउँदै इङ्ल्यान्ड युरो कपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । मङ्गलवार राति भएको खेलमा इङ्ल्यान्डले जर्मनीलाई २-० गोल अन्तरले हराएको हो ।
खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो । खेलको ७५ औँ मिनेटमा रहिम स्टर्लिङको गोलमा इङ्ल्यान्डले अग्रता लिएको थियो । त्यसपछि ८६ औँ मिनेटमा हेरी केनले गोल गर्दै इङ्ल्यान्डको जित पक्का गरे ।
आजै राति स्विडेन र युक्रेन खेल्दै छन् । यो दुईबीचको खेलपछि क्वाटर फाइनल समीकरण पूरा हुनेछ ।