बैतडी : रोजगारीका लागि भारत जाने नागरिकको पिसिआर र एन्टिजेन परीक्षण तत्कालका लागि रोकिएको छ। झुलाघाट नाकाबाट भारतका विभिन्न सहरमा रोजगारीमा जानेहरूको नेपालतर्फ कोरोना परीक्षण रोकिएको हो।

अत्यावश्यक कामका लागि भारत जाने नागरिकको मात्रै कोरोना परीक्षण गर्न थालिएको बैतडी अस्पतालका प्रमुख डाक्टर वसन्तराज जोशीले जानकारी दिए। उनले भने, ‘लक्षण देखिएकाहरूको मात्रै परीक्षण भइरहेको छ, जिल्ला प्रशासनको आदेशअनुसार अत्यावश्यकबाहेक भारत जानेहरूको कोभिड–१९ को परीक्षण रोकिएको हो।’

किट अभाव भएकाले सबैको परीक्षण गर्न नसकिने बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए। भने, ‘बिरामीले पारि जानुपरे मात्र उसको परीक्षण गर्न भनेका छौं, अन्य रोजगारीका लागि जानेहरूको परीक्षण रोेकेका हौं।’

भारतबाट फर्केका नागरिकहरूको भने झुलाघाटको हेल्थ डेस्कमार्फत कोरोना परीक्षण भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा खुकुलो गरेसँगै भारत जाने व्यक्तिहरूको संख्या पनि बढ्ने भएकाले आवश्यक व्यक्तिको मात्रै परीक्षण गरिने भएको हो। तर भारतीय पक्षले भने एन्टिजेन वा पिसिआरमध्ये कुनै रिपोर्ट नभए भारत भित्रिन नदिने बताइरहेको छ। यसले नाकामा नागरिकहरू अलपत्र पर्ने सम्भावना बढेको छ।

भारतीय पक्षले भने आफ्नो देश भित्रिने सबै नागरिकलाई कोरोना रिपोर्ट अनिवार्य गरेको झुलाघाटबाट भारतीय पत्रकार प्रमोद भट्टले जानकारी दिए। उनले भने, ‘भारतीय प्रहरीले सीमामा अनिवार्य रुपमा परीक्षण रिपोर्ट हेरिरहेको छ, एन्टिजेन गरेकाहरूलाई २४ घण्टाभित्रको रिपोर्ट र पिसिआर गरेकाहरूका लागि ७२ घण्टाभित्रको रिपोर्ट हेर्दै छ, अन्यथा प्रवेशमा रोक छ।’

हाल निषेधाज्ञामा खुकुलो भएसँगै झुलाघाट नाकाबाट भारत जानेको संख्या बढ्दै गएको सीमा प्रहरी चौकी झुलाघाटले जनाएको छ। दैनिक डेढ सय बढी नागरिक रोजगारीका लागि झुलाघाट नाकाबाट भारत गइरहेका छन्। झुलाघाट नाकाबाट सुदूरपश्चिमका पहाडी जिल्लाका साथै कर्णाली प्रदेशका विभिन्न जिल्लाका नागरिक रोजगारीका लागि भारत पस्ने गरेका छन्।

बैतडीमा केही खुकुलो गर्दै असार ३१ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ। सवारीसाधन सरकारी कार्यालय तथा पसलहरू खुलेका छन्। थाहा खबर बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah