दमक/दमक र उर्लाबारी क्षेत्रका बैंक बित्तिय संस्था र बिमाका कर्मचारीहरु आन्दोलित भएका छन ।

योगदानमा आधारित सामाजिक सुरक्षामा अनिवार्य आबद्धताको बिषयलाई लिऐर दमक र उर्लाबारी क्षेत्रका बैक बितिय संस्थार बिमाका कर्मचारी आन्दोलित भएका हुन । उनीहरुले शुक्रबार दमकको गोरखा डिपार्टमेन्ट अगाडी बिरोध सभा समेत गरेका छन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कर्मचारीहरुले हाल पाउदै आएको सुबिधा भन्दा कम सुबिधा मा जान दवाबमा परेकाले आन्दोलनमा जानुपरेको उनीहरुको भनाई छ ।

सो बिरोध सभालाई कुमारी बैंक उर्लाबारीका शाखा प्रवन्धक युवराज दहाल तथा हिमालयन बंैकका शाखा प्रबन्धक बिभुति अर्यालले सम्बोधन गरेका थिए । योगदानमा आधारित सामाजिक सुरक्षामा अनिवार्य गरिए थप आन्दोलनमा जाने उनीहरुले उदघोष गरेका थिए ।

बंैक जस्तो अनुशासित क्षेत्रमा कानुनी हमला स्विकार्य नहुने उनीहरुको चेतावनी छ । बिरोध सभामा सेन्चुरी बैंक दमक, कुमारी बैंक दमक, सनराईज बैंक दमक, प्रभु बैंक दमक,सिदार्थ बैक दमक,एन एमबी बैंक दमक, सिखर इन्सुरेन्स दमक, हिमालयन इन्सुरेन्स, लुम्बिनी इन्सुरेन्स दमकका कर्मचारीहरु सहभागी भएका थिए ।