काठमाडौँ– काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका ५ साँखुमा बा ५ ख २५११ नम्बरको टिप्पर सडकबाट खस्दा दम्पतीको ज्यान गएको छ। मृत्यु हुनेमा ५३ वर्षे साइला तामाङ र ५५ वर्षीया जयन्ती तामाङ रहेका छन् ।

मृतक दम्पती गाइवस्तु कुर्न टहरामा बस्ने गरेको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शनिबार बिहान ४ बजे माटो लिएर साँखुबाट बौद्धतर्फ आइरहेको टिप्पर सडकबाट खसेर टहराभित्र पसेको प्रहरीले जनाएको छ। प्रहरीले टिपर चालक गोविन्द घलानलाई नियन्त्रणमा लिएको छ।

घलानले टिप्पर अनियन्त्रित भएर पल्टिएको बयान दिएको प्रहरीले जनाएको छ।