प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा कोरोनाबिरुद्धको खोप अभाव नहुने दावी गर्नुभएको छ ।

शनिबार प्रधानमन्त्री निबास बालुवाटारमा त्रिशुली–प्रसारण लाइन र सबस्टेसनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा केहि दिनभित्रै प्रयाप्त कोरोनाबिरुद्धको खोप आउने दावी गर्नुभएको हो । उहाले खोप आउने बितिकै मुलुकका सवै स्थानमा समूह समूह बनाएर खोप अभियान नै सञ्चालन गर्ने बताउनुभयो । यसअघि खोप ल्याउन समस्या भए पनि अहिले विभिन्न राष्ट्रसँगको पहलमा खोप आउन लागेको उहाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले सकेसम्म छोटो अवधिमै सबैलाई खोप लगाउने र खोप पाइएन भन्ने स्थिति नहुने धारणा राख्नुभयो । सडक सञ्जाल, हवाइ मैदान निर्माण गर्ने, रोजगारी सिर्जना गर्ने लगाएत बिकास निर्माणमा सरकारले उपलव्धीमुलक काम गरेको उहाले बताउनुभयो । प्रधानमन्त्री ओलीले चौतर्फी बिकासको अभियान नै चलाएको जिकिरगर्नुभयो । त्यस्तै प्रधानमन्त्री ओलीले उर्जा क्षेत्रमा पनि निकै बिकास भएको बताउनुभयो । प्रसारण लाईन बिस्तार नहुँदा उत्पादित बिधुतको उपभोगमा हुने समस्या अव नरहने उहाको भनाई छ ।

प्रधानमन्त्री ओलीले नेपाल विधुत प्राधिकरणले निर्माण गरेको समुन्द्रटार त्रिशुली ३ बी हब १३२ के.भी प्रसारण लाइन र सबस्टेशनको उद्घाटन गर्नुभएको हो । निर्माण सुरु भएको ५ वर्षमा सम्पन्न २६ किलोमिटर लामो डबल सर्किट प्रसारण लाइन लक्ष्यभन्दा १ वर्ष ढिलो गरी सञ्चालनमा आएको हो । प्राधिकरणले त्रिशुली, रसुवा र नुवाकोटमा निर्माणाधीन जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्न प्रसारण लाइन निर्माण गरको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर