देवयानी राणा बहुराष्ट्रिय कम्पनी कोकाकोला भारतकी उपाध्यक्ष नियुक्त भएकी छन्।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार कोकाकोलाले केही दिनअघि देवयानीलाई भारत र दक्षिण पश्चिम एसियाका लागि जनसम्पर्क, सञ्चार र दीगोपना मामिलामा काम गर्ने गरी उपाध्यक्ष नियुक्त गरेको हो। देवयानी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाकी छोरी छोरी हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

देवयानीले सरकार र कर्पोरेट सम्बन्ध, रणनीतिक व्यापार, जोखिम व्यवस्थापन र सञ्चारमा झन्डै साढे २ दशकसम्म काम गरेकी छन्।

यसअघि उनी कार्टरपिलर इन्डियामा भारत, नेपाल र भुटानका लागि जनसम्पर्क निर्देशक थिइन्। त्योभन्दा अघि उनले संयुक्त राष्ट्र संघीय विकास नियोग (युएनडिपी) लगायत विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमा काम गरेकी थिइन्।

नेपालमा दरबार हत्याकाण्ड हुँदा देवयानीको नाम चर्चित थियो। पशुपतिशमशेरकी कान्छी छोरी देवयानीको तत्कालीन युवराज दीपेन्द्रसँग प्रेम सम्बन्ध रहेको भनिन्छ। उनको देवयानीसँगको सम्बन्ध दरबारले नकारेको थियो। त्यही कारणले आमाबुवासँग मनमुटाव भएपछि दीपेन्द्रले २०५८ जेठ १९ गते दरबारमा गोली चलाएको दरबार हत्याकाण्ड छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।

दरबार हत्याकाण्डको पाँच वर्षपछि १० फागुन २०६३ मा देवयानीले भारत मध्यप्रदेशका राजपरिवार सदस्य ऐश्वर्य सिंहसँग विवाह गरेकी थिइन्।

देवयानी पछिल्लो समय नेपालको राजनीतिमा पनि देखिएकी थिइन्। चार वर्षअघि उनी दोलखाबाट राप्रपाको महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि बनेकी थिइन्। सेतो पाटि बाट साभार