दमक/झापा र सुनसरीमा आज ( सोमबार) भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन । १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार ईटहरी १ आपगाछी चोकस्थित कोशी लोकमार्गमास ५ प ७३०६ नम्बरको मोटरसाइकललाई को १ क ३४४१ न. को दुधको ट्याङकरले ठक्कर दिदा मोटरसाइकल चालक मोरङ सुन्दरहरैचा ६ का २५ बर्षिय नरेश यादव गम्भिर घाईते भएका थिए । उनलाई उपचारका लागी धरान घोपा पठाइएकोमा उपचारका क्रममा आजै साझ मृत्यु भएको हो ।
त्यसैगरी झापाको दमकसंगै जोडिएको कमल गाउपालिका–५ स्थित भित्रि सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको प्र १–०२–०४६प ४४५ नम्बरको मोटरसाइकललाई सोहि दिशाबाट आउदै गरेको मे८प ७०२२ नम्बरको मोटरसाइकलले ठक्कर दिदा मे८प ७०२२ नम्बरको मोटरसाइकलका चालक ईलाम माङसेबुङ गापा–२ का १९ बर्षिय रोमन राई गम्भिर घाईते भएका हुन । उनको तत्काल उपचारका लागि लाईफलाईन अस्पताल दमक ल्याइएको छ ।



